विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार साउन १६ गते अपरान्ह ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको हो ।
सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्दव थापाको नियुक्ति बदर गर्नुका साथै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन कोसी प्रदेश सरकारलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् ।
प्रतिक्रिया