कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, यस्तो छ सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार सो आदेश दिएको हो ।

सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चको यो आदेशपछि यसअघि नै कामचलाउ बनिसकेका थापा पदमुक्त हुने भएका छन् ।

सर्वोच्चको यो आदेशसँगै कोशी प्रदेशमा असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार ढलेको छ ।

पूर्णपाठ

प्रतिक्रिया