पाँचथर बाेलेराे दुर्घटना अपडेट : घाइतेकाे पहिचान खुल्यो, एक जनाकाे मृत्यु

पाँचथर । फिदिममा बाेलेराे दुर्घटना हुँदा घाइते भएका पहिचान खुलेको छ । मेची राजमार्ग स्थित फिदिम २ कृष्ण मन्दीर छेउमा बाेलेराे दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको हाे । घाइते हुनेहरूमा सवारी चालका इलाम दानबारी ८ का २६ वर्षिय अर्जुन बिक, ताप्लेजुङ पाथिभरा याङबरक १ का २३ वर्षीय बुद्धहाङ लिम्बु, ताप्लेजुङ मिक्वाखोला ५ का २६ वार्षिय इसेटिक शेर्पा, पाँचथर हिलिहाङ गाँउपालिका १ का २५ वर्षीय रोसन श्रेष्ठ, हिलिहाङ गाँउपालिका १ का २३ वर्षीय भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा ३ का २४ वर्षका अजय लिम्बु, सिद्धिथुम्की इलामका १४ वर्षकी निरुता सेन्चुरी, पतन्जाी गाउँपालिका कालिकोटका २३ वर्षिय सुमन खड्का, फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वार्षिय राम नेम्बाङ, पाँचथर फिदिम नगरपालिका १० की ५ वर्षिय पुस्तिका बिक रहेका छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये काठमाण्डौ बल्खुकी २० वर्षिय मिना लिम्बु र पाँचथर फिदिम नगरपालिका १० की सबिना बिकलाइ थप उपचारको लागी झापा रिफर गरिएको प्रहरीले जनाएको छ । घटनामा एक जनाकाे मृत्यु भएकाे छ । मृतकको सनाखत हुन बाँकी छ । मृत्यु हुने एकजना को पहिचान खुल्न बाँकी रहेको डिएसपी हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया