पाँचथर । फिदिम नगरपालिका दुई स्थित कृष्ण मन्दिर नजिक बाेलेराे गाडी पल्टिदा ११ जना यात्रु घाइते भएका छन् । करिब दिउसाे १२ बजे बाेलेराे दुर्घटना हुँदा ११ जना यात्रु घाईते भएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
मेची राजमार्ग झापादेखि फिदिमतर्फ आईरहेको मे १ ज १९४१ नम्बरको बाेलेराे पल्टिएको हो । दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको डिएसपी खतिवडाले जानकारी दिए । दुर्घटनामा थप बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया