जनप्रतिनिधिको भागबण्डा नमिल्दा बस्न सकेन् धोबिनीकाे गाउँसभा

पर्सा । पर्साको धोबिनी गाउँपालिकाको गाउँसभा अँझै हुन सकेको छैन । असार मसान्त भित्र गरिसक्नु पर्ने गाउँसभा अझै हुन नसकेको हो ।नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुँदा आव २०८०।८१ को नीति,कार्यक्रम तथा बजेट आउन सकेको छैन । समयमै नीति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने र बिकास निर्माणको बजेट पनि रकम पनि काटिएर आउने गाउँ कार्यपालिका सदस्यहरुले बताएका छन ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गते भित्र सबै स्थानीय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने पत्रचार गरेको थियो । समय मै गाउँ सभा नगरे संघको सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो । तर धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरुको बीचको विबादका आपसी भागबन्डा नमिलेको कारण गाउँसभा हुन सकेको छैन ।

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको जनप्रतिनिधिहरु नै स्वीकार गरेका छन् । विगत बर्ष झै यस बर्ष पनि आ–आफ्नो भागमा बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरुले अडान लिएका कारण गाउँ सभामा ढिलाई भएको बताइएको छ ।

असार मसान्त भित्र वीरगंज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, ठोरी, जगरनाथपुर , छिपहरमाई, कालिकामाई, पकहामैनपुर गाउँपालिकाले गाउँ सभाबाट तथा नीति कार्यक्रम पारित गरेका छन । धोबिनी, बिन्दबासनी र सखुवाप्रशौनी गाउँपालिकामा गाउँ सभा बस्न सकेको छैन् ।

यसबारे धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जुदेवी कुर्मीले गाउँपालिका अध्यक्ष चौहानले एकलौटी गर्ने खोजेको आरोप लगाइन् ।उनले भनिन्, ‘हामीहरु धेरै दिन देखि भनिरहेको छौं कि बोर्ड बैठक बसालेर बिभिन बिषयमाथी छलफल गरि निर्णय गर्नु पर्यो । गाउँपालिकाबाट निकालिएको कर्मचारीहरुलाई बहाल गरिनु र गाउँसभा र नीति तथा कार्यक्रम गर्नलाई मिति तोकनु पर्यो भन्दा गाउँपालिका अध्यक्षले मान्नु भएको छैन् । उहाँले बोर्ड बैठकको पत्र नकाटेकोले हामीहरुले गाउँपालिका कार्यालयको प्रसासन फाँटमा बोर्ड बैठक गराउनका लागी निबेदन दिएका छौं ।’

यस बिषयमा गाउँपालिका अध्यक्ष मदन चौहानले बैठकको पत्र काटेको तर उपाध्यक्षलगायतले बिभिन्न बहाना बनाएर बस्न नमानेको बताए । गाउँपालिकाको नीति तथा कार्यक्रमको १० गर्ने भने पछी आँफै उहाँहरुले १८ गते राख्ने भने । त्यो दिन पनि बिभिन्न बहाना बनाएर नआएपछि स्थगीत
गर्नुपरयो ।’ वोर्ड बैठक राख्न आफूलाई कुनै आपत्ति नभएको उनले बताए ।

प्रतिक्रिया