सिकाई प्रभावकारी बनाउन केदारस्युँमा ‘पढाई मेला’

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाका विभिन्न वडामा विद्यालयहरूमा अध्यनरत बालवालिकाहरुको पढाईलाई थप प्रभावकारी वनाउन पढाई मेला कार्यक्रम सञ्चालन गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालकोे साझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत वडा नं २, ३, ६, ७ र ८ वडाहरुमा अध्यनरत वालवालिकाहरुको लागी वडास्तरीय पढाई मेला कार्यक्रम सञ्चालन गरिएको हो ।


पढाई मेलामा कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, हिसाब दौड, चित्रकला प्रतियोगिता, शैक्षिक सामाग्री प्रदर्शनी लगायत विभिन्न कार्यक्रम सञ्चालन गरीएको प्रगतिसील युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले बताए ।

खड्काले भने, ‘हाम्रो लक्ष्य भनेको विध्यालय जाने उमेर समुहका वालवालिकाहरुको पढाई सिपको विकास, गर्ने, मात्र नभई वालवालिकाहरुको बाेल्ने, लेख्ने, कला र अभिभावकहरुले पनि विद्यालयमा गईसकेपछी आफ्ना बालवालिकाहरुको पठन सीप कति छ ? बालवालिकाहरुले विद्यालयमा गएर कस्तो सिकाई आर्जन गरिहेका छन् ? आफ्ना बालवालिकाहरुमा के के कला छ ? भन्ने कुराहरु पढाई मेलामा देखाइएको छ ।’

कार्यक्रममा बोल्दै केदारस्यु गाँउपालिकाका शिक्षा सँयोजक केशवराज भट्टले पालिकामा रहेका विद्यालयहरुमा विभिन्न समयमा कार्यक्रमहरु गर्दै आएको भएता पनि, प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनलको कार्यक्रम लागु भएपछि यो पढाई मेलाले विद्यार्थीहरुमा थप सिकाई प्रभावकारी हुने बताए । पढाई मेला कार्यक्रम वडाका जनप्रतिनिधि लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया