काठमाडौं । कोशी प्रदेश विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले सरकार गठनका क्रममा देखिएको संवैधानिक र कानुनी विवादवारे लिखित जवाफ पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसहितका विपक्षीहरुको नाममा पनि आदेश जारी गरेको छ ।
तत्कालै लिखित जवाफ पेस गर्ने इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नूरनगराउनु भन्ने आदेश जारी गरेको छ ।
प्रतिक्रिया