छिपहरमाईको १६औँ गाउँसभा सम्पन्न

पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १६आँै गाउँसभा सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाको गाउँसभा भिस्वामा रहेको श्री मंगल माविको सभा हलमा भएको कार्यक्रमलाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले पानसमा दीप बालेर उद्घाटन गरेका थिए । गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ करोड ७२ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको बजेट गाउँपालिकाको उपाध्यक्ष लिलावती देवी कानुका प्रतिनिधि किशोरी साह कानुले प्रस्तुत गरेका थिए । गाउँसभामा गाउँपालिकाको पाँचै वडाको योजना पारित गरी प्रस्तुत गरेका थिए ।

२०८०/८१ को बजेटमा छिपहरमाई गाउँपालिकाले बालिका स्वर्ण बिमा, विवाह कन्यादान राशि र सहयोग राशी, स्वच्छ सफा तथा हरित गाउँ लक्ष्यप्राप्तिका लागि वृक्षरोपण कार्यक्रम उल्लेख छ । यसैगरी छिपहरमाई उज्यालो विकास कार्यक्रमअन्तर्गत गाउँ गाउँ टोल टोल टावर लाइट, सोलार, पोल लाइटले उज्यालो बनाउने तथा समाजिक सुरक्षाअन्तर्गत गरिब असहायको साथ गाउँपालिका अध्यक्षको हात र वडा–४ तुल्सीवर्वामा बर्थिङ सेन्टर निर्माणलगायतलाई अहिलेको बजेटमा विषेश प्राथमिकतामा राखिएको छ ।

साथै शिक्षा, स्वास्थ्य कृषि, सिँचाइ, विपद व्यवस्थापन, युवा रोजगार, भौतिक पूर्वाधार, पर्यटन प्रवर्धन, उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले जनाएका छन् । अध्यक्ष गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाईले बालिका स्वर्ण बिमा लिएर आएको हो । छोरी जन्मने बित्तिकै छोरीहरूलाई बोझको रूपमा लिने गरेको कारण गाउँपालिकाबाट दुई लाखको बिमा दिने गरेकोले २० वर्षको उमेरमा शिक्षा र विवाहको समयमा काम लाग्ने बताए ।

छिपहरमाई गाउँपालिकाको विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरूको सहयोगका कारण विकास गति लिएकोमा सबै जनालाई धन्यवादसमेत दिएको छ । जबसम्म सबैको सहयोग र सहकार्य हँुदैन भने विकासको काममा कमी आउने बताए । छिपहरमाई गाउँपालिकाको विकास कार्यमा सबै पार्टी पन्थीहरूसँग सहकार्य गरी चल्ने प्रतिबद्धतासमेत गरेका थिए ।

यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबीसमेत गरेका छन् । गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रत्येक वडाहरूमा बर्थिंङ सेन्टर सञ्चालन गरी यस गाउँपालिकाको महिलाहरूलाई सेवा दिइरहेको छ । पहिला यस गाउँपालिकामा बर्थिंङ सेन्टर नहँुदा भारतीय अस्पताल र वीरगञ्जको अस्पतालमा बच्चा जन्माउन जानुपरिरहेको थियो कतिपय महिलाहरूले समयमा स्वास्थ्य संस्था जान नसकेको कारण महिलाहरूलाई अकाल मृत्युुसमेत हुने गरेकोले आफू गाउँपालिका अध्यक्ष भएपछि सो मध्यनजर गरि प्रत्येक वडाहरूमा बर्थिंङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकारबाट ससर्त अनुदानअन्तर्गत १२ करोड ५५ लाख, वित्तीय समानीकरण १० करोड ६३ लाख २५ हजार, राजस्व बाँडफाँड ७ करोड ५९ लाख ३० लाख ८ सय, आन्तरिक आय १ करोड १० लाख, समपुरक ७० लाख, विशेष अनुदान १ करोड १५ लाखलगायत ३३ करोड ७२ लाख ५५ लाख ८ सय रुपैयाँको बजेट पारित गरी प्रस्तुत गरिएको थियो ।

स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, महिला, बालबालिका स्वर्ण बिमा राशि स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाई विपद् जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमका लागि नेपाल सरकार र अन्यबाट आउने अनुमानित बजेट जनाएका छन् ।
गाउँसभा भएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियोे । गाउँसभामा पत्रकार लालबाबु बानियालाई सम्मानित गरिएको थियो ।

गाउँसभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देवी कानु, प्रमुख प्रसाशकीय अधिकृत सिकेन्द्र साह, वडाध्यक्षहरू कार्यपालिका सदस्यहरू लगायतले गाउँसभाका शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँसभा गाउँपालिकाका सम्पूर्ण महिला, पुरुष सदस्यहरूको सहभागिता रहेको थियोे । कार्यक्रम सञ्चालन मेघराज साह रौनियारले गरेका थिए ।

प्रतिक्रिया