गाउँमै भिडियो एक्सरे सेवा भएपछि सहज

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाले गाउँमै गएर भिडियो एक्सरे सेवा दिन थालेको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको नियमित कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई गाउँमै गएर भिडियो एक्सरे सेवा दिएको हो ।

खाँडाचक्र नगरपालिकाका– १ देखि ११ वटै वडामा रहेका गर्भवती महिलाहरुलाई वर्षमा २ पटक गाउँमै गएर भिडियो एक्सरे सेवा दिन थालेको नगरपालिकाका स्वास्थ्य संयोजक रविन्द्र सेवुवालले बताए ।

सेजुवालका अनुसार असार १३ गतेबाट २२ गते सम्म शुरु भएको भिडियो एक्सरे सेवामा ६१ जना गर्भवती महिलाहरुले सेवा पाएका छन् । गाउँमै भिडियो एक्सरे सेवा पाएपछि गर्भवती महिलाहरुलाई सहजता भएसँगै जिल्ला अस्पताल सम्म धाउनुपर्ने अवस्था हटेको नागरिकहरुले बताएका छन ।

खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले गरेको यो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरुको जोड छ । खाँडाचक्र नगरपालिकाका–१ देखि ११ सम्म दक्ष तथा तालिम प्राप्त नर्सबाट भिडियो एक्सरे सेवा दिएको जनस्वास्थ्य निरीक्षक पुष्पराज पाण्डेले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया