ससर्त दान लिनु पनि हुँदैन दिनु पनि हुँदैन

नन्दनप्रसाद सापकोटा

दान चार किसिमका हुन्छन् । नित्य, नैमित्तिक, काम्य र विमल । दिनहुँ कुनै फल पाइएला कि भन्ने नसोची, निःस्वार्थ भावनाले कर्तव्य सम्झेर, प्रत्युपकारको अलिकति पनि आश नराखी दिइने दानलाई नित्य–दान भनिन्छ । पाप कट्टा गर्नका लागि दिइने दान नैमित्तिक दान हो । यस्तो दानमा दान लिनेलाई दिनेको पाप सर्दछ र उसले त्यो पाप कट्टा गर्न पुनः दान दिनुपर्ने हुन्छ । सन्तान, विजय, सम्पत्ति र स्वर्गजस्ता कुराको लागि दिइने दान काम्य दान हो । अरू कुनै सांसारिक चाहना नराखी भगवान् प्रसन्न होउन् मात्र भनी दिइने दान विमल दान हो र यो सबैदान मध्येको उत्कृष्ट दान हो

कुनै पनि कुराको स्वेच्छा एवं श्रद्धाले स्वामित्व परित्याग गर्नु दान दिनु हो । यसरी स्वामित्व परित्याग गरिएका कुरामा सर्तहरू झुण्डिएपछि त्यसलाई स्वामित्व परित्याग गरिएको वा वास्तविकरूपमा दान दिएको मानिन्न । ‘म हजुरलाई यो लैनु गाई दान दिन्छु, तर हजुरले यो गाईलाई यसो यसो गरेर पाल्नुपर्दछ भनेर गाईसमेत दान गर्नु हुन्न । दान दिएपछि त्यो गाई जसले ग्रहण गर्दछ त्यो गाईलाई के ख्वाएर कसरी पाल्ने आदि कुराको धर्मपूर्वक विचार गर्ने जिम्मा दान लिनेको हुन्छ ।

पहिलो स्वामीले यसमा कुनै हस्तक्षेप गर्न हुँदैन । कन्यादान आदिका बारेमा पनि यी नियम लागू हुन्छ । दान दिइएका कुनै पनि कुराप्रति दिनेले स्वामित्व ठान्न थालेपछि समाजमा अनेक किसिमका समस्याहरू उत्पन्न हुन पुग्दछन् । माइतीबाट नियन्त्रण गरिएकी बुहारीले गर्दा पतिको घर बिग्रन्छ । यो भनेको स्वामित्व त्याग गर्न नसकिएको नाम मात्रको दान हो ।

यसैले के कुरा कसलाई र किन दान दिने भनेर दान दिनुअघि नै पात्रको चयन गर्नुपर्ने नियम बसाइएका हुन् । यसले भरे मैले दिएको पैसाले के खान्छ भनेर पशुपतिका, गुम्बाका, चर्चका वा मस्जिदका माग्नेलाई दान दिइन्छ र ? दिइन्न नि । उसले जेसुकै गरोस् । तपाईंले त श्रद्धा र भक्तिपूर्वक दिइने कुराको स्वामित्व परित्याग गर्नुहुन्छ नि, गर्नु हुन्न र ? स्वामित्व परित्याग गर्न नसकिएका नाम मात्रका दानका हरेक पाप र पूण्यको फल दान दिनेले सधैँ बोकिरहनुपर्ने हुन्छ ।

दान चार किसिमका हुन्छन् । नित्य, नैमित्तिक, काम्य र विमल । दिनहुँ कुनै फल पाइएला कि भन्ने नसोची, निःस्वार्थ भावनाल,े कर्तव्य सम्झेर, प्रत्युपकारको अलिकति पनि आश नराखी दिइने दानलाई नित्य–दान भनिन्छ । पाप कट्टा गर्नका लागि दिइने दान नैमित्तिक दान हो । यस्तो दानमा दान लिनेलाई दिनेको पाप सर्दछ र उसले त्यो पाप कट्टा गर्न पुनः दान दिनुपर्ने हुन्छ । सन्तान, विजय, सम्पत्ति र स्वर्गजस्ता कुराको लागि दिइने दान काम्य दान हो । अरू कुनै सांसारिक चाहना नराखी भगवान् प्रसन्न होउन् मात्र भनी दिइने दान विमल दान हो र यो सबैदान मध्येको उत्कृष्ट दान हो ।


सत्पात्र पहिचान गर्न कठिन हुन्छ । त्यसैले धेरथोर गच्छेअनुसार दान दिइरहनु पर्दछ । यसरी दान दिइरहँदा कुनै दिन आफूले दिइएको दान कुनै शक्तिशाली सत्पात्रका हातमा पनि पुग्दछ र उसले दिने आशीर्वादका कारण अनायाश अचम्मको उपलब्धी हात लाग्दछ ।

दान अनिच्छापूर्वक लेनलेन हुनु हुँदैन । भागवत् गीतामा तीन किसिमका दान बताइएको छ : सात्विक, राजसी र तामसी । एक मानव भएका कारण दान दिनु मेरो कर्तव्य हो भनी प्रत्युपकार पाउने आश नराखी श्रेष्ठ पात्र वा प्रयोजनका लागि दिइने दान सात्विक दान हो । प्रत्युपकार वा फल पाउने आशले मनमा शंका राखी चित्त दुखाउँदै दिइने दान राजसी दान हो । ठाउँ कुठाउँ, विधि, पात्र आदि नसोची अश्रद्धापूर्वक गाल टार्न वा बाध्यतामा परी ‘लौ खाओस्, मरोस्’ भन्ने किसिमले दिइने दान तामसी दान हो । यी तीन थरीका दानमध्ये सात्विक दान सर्वश्रेष्ठ हुन्छ ।

पाण्डवहरूले यज्ञमध्येमा उत्तम मानिने राजसूय यज्ञ गरे । यज्ञ सकिएपछि तिनले श्रेष्ठ तरिकाले दक्षिणा पनि दिए । यज्ञमा स्वयं भगवान् कृष्ण पनि विराजमान हुनुहुन्थ्यो । भारद्वाज आदि अनेक महामुनिहरू उपस्थित वा सहभागी भएर त्यो यज्ञ गरिएको थियो । यसरी यज्ञ सम्पन्न भएको एक महिना पनि नपुग्दै पाण्डवहरूले महाकष्ट भोग्नुप¥यो । तिनले वनवास जानुप¥यो । द्रौपदी अपमानित भइन् । युधिष्ठिरले जुवामा हारे । तिनले अनेक संकट भोग्नप¥यो । त्यत्रो यज्ञको फल कता गयो त ? त्यत्रा प्रतिष्ठित ब्राह्मणले यज्ञ समाप्त भएपछि दिएको आशीर्वाद कता हरायो ?

कसले के गरी कमाएर खर्च गरिरहेको छ ? त्यो धार्मिक अनुष्ठान गर्नुको गूढ अभिप्रायः के हो ? मतलब छैन हामी के के न धर्म गर्न लागे जसरी दगुरेर पुग्दछौँ । लोग्नेले कहाँबाट के गरी कमाएर ल्याउँछ, कुनै मतलब छैन श्रीमतीहरू त्यही पैसा लिएर उन्मादपूर्वक मन्दिरमन्दिर चाहारेर खूब दानधर्म गरेर हिँडिरहेका हुन्छन् । यो धर्म एक होइन, दुई होइन तीन होइन । यस्तो अन्यायपूर्व कमाइएको धन र उन्मत्त मनले गरिने धर्मकर्म व्यक्तिले गरे परिवारलाई र सार्वजनिक पदमा बस्ने व्यक्तिले (राजा, मन्त्री, सचिव आदि) सामूहिकरूपमा गरे समाज र देशलाई हानि गर्दछ । एकपटक तलको वचनलाई गम्भीरतापूर्वक पढौँ ।

देवी भागवत, तृतीय स्कन्ध, अध्याय १२

द्रव्यशुद्धिः क्रियाशुद्धिर्मन्त्रशुद्धिश्च भूमिप ।

भवेद्यदि तदा पूर्णं फलं भवति नान्यथा ।।

(भावार्थः कुनै पनि धार्मिक अनुष्ठान गर्दा त्यसमा प्रयोग गरिने सामग्री, गरिने सम्पूर्ण प्रक्रिया र पढिने सम्पूर्ण मन्त्रहरू शुद्ध हुनुपर्दछ । तब मात्र मनले चाहेको फल पाइन्छ, नत्र पाइन्न ।)

अन्यायोपार्जितेनैव कर्तव्यं सुकृतं कृतम् ।

न कीर्तिरिह लोके च परलोेके न तत्फलम् ।।

(भावार्थः अन्यायपूर्वक कमाइएको धनले जेजस्ता पूण्यकर्म गरिन्छन्, त्यस्तो कर्मले न यो लोकमा कुनै कीर्ति दिन सक्छ न त परलोकमा नै उसलाई कुनै फल प्राप्त हुन्छ ।)

तस्मान्न्यायार्जितेनैव कर्तव्यं सुकृतं सदा ।

यशसे परलोकाय भवत्येव सुखाय च ।।

(भावार्थः अतः यस लोकमा यश र परलोकमा सुख पाउनका लागि न्यायपूर्वक कमाइएको धनले नै पूण्यकर्महरू गर्नुपर्दछ ।)

यसका लागि महाभारतकै घटना प्रमाणका रूपमा छ अरू के चाहिन्छ र ? पाण्डवहरूले युधिष्ठिर राजा हुनासाथ सर्वोत्तम यज्ञ राजसूय यज्ञ गरेका थिए । यज्ञ सकिएपछि अति धेरै दक्षिणा बाँडिएको थियो । यज्ञमा साक्षात् भगवान् श्रीकृष्ण उपस्थित हुनुहुन्थ्यो । भारद्वाज लगायतका असंख्य विद्वान् ऋषिमुनिहरूको पूरै समाज नै उपस्थित थियो । एक महिनासम्म यज्ञ गरेर त्यो यज्ञलाई विधिपूर्वक समापन गरिएको थियो ।

यत्रो यज्ञ गर्दागर्दै पनि पाण्डवहरूले अति धेरै कष्ट भोगे । वनवास जानुप¥यो । द्रौपदीले दुःखमा रहनुप¥यो । जुवामा सर्वस्व हार्नुप¥यो । सबैले विराट राजाका घरमा नोकरी गर्नुप¥यो । कीचकले द्रौपदीलाई दिनु दुःख दियो । भरिभराउ राजसभामा द्रौपदीलाई नंग्याउन खोजियो, कसैले यसको विरोधमा एकशब्द मुखबाट निकालेनन् । त्यत्रो यज्ञको फल खोई कता गयो त ?

युधिष्ठिर आफैँ महान् सत्यवादी थिए । सबै पाण्डव देवताको अंश लिएर जन्मेका थिए । श्रीकृष्ण साथमा थिए । तैपनि किन तिनले त्यतिविघ्न कष्ट झेल्नुपर्यो त किन कि त्यो राजसूय यज्ञमा खर्च गरिएको धन अन्यायपूर्वक कमाइएको धन थियो । हामीले सबैलाई वशमा पा¥यौँ, को छर अब हामीसँग बराबरी हुन खोज्ने भनी अभिमानपूर्वक गरिएको यज्ञ थियो । यसरी युद्धमा लुटिएको वा जबरजस्ती बटुलिएको धनको खर्च गरिएको हुनाले त्यो यज्ञमा द्रव्यशुद्धि पनि भएन अनि घमण्ड गरी गरिएको हुनाले आत्मा शुद्धि पनि भएन । फलतः पाण्डवहरूले उल्टो फल पाए । यसैले कुनै धार्मिक कार्य गरेर पनि उल्टो वा नराम्रो फल पाइन्छ भने विशिष्ट ज्ञानी विद्वानले ‘गरिएको कर्ममा कुनै न कुनै त्रुटि भएको छ’ भनी सोच्नुपर्दछ ।

धार्मिक कार्य गराउने व्यक्तिअनुसार पनि फलमा भिन्नता हुन्छ । जस्तै एकपटक इन्द्रले विश्वरुपलाई यज्ञका आचार्य बनाएर दानवको अहितका लागि होम गर्न लगाएका थिए । विश्वरुपले देवदानव दुबैका भलो होस् भनी मन्त्र पढ्दै होम गरे । जसका कारण दानव पनि देवता जति नै बलिया भए । पछि यो कुरा थाहा पाएपछि इन्द्रले विश्वरुपको टाउको छिनालेका थिए ।

अन्त्यमा,

‘म तपाईंको दललाई एक करोड सहयोग (दान) गर्दछु तर मलाई यो पद चाहिन्छ, अथवा मेरा मान्छेलाई यसो गर्नुपर्दछ अथवा मैले भनेको यो कुरा लागू हुनुपर्दछ ।’ यसरी सर्तहरू राजनीतिमा राखिन्छन्, विदेशीहरूले कुनै विकासका आयोजनामा सहयोग दिँदा पनि सामाजिक सर्तहरू अनावश्यक तरिकाले बीचबीचमा घुसाउने गरेका हुन्छन् । यसले के कस्तो असर देखिएको छ बताउनुपर्ला र ?

प्रतिक्रिया