प्युठानको बाग्दुलामा हिलाम्मे सडकमा स्थानीयले गरे रोपाइँ

प्युठान । प्युठानको बाग्दुला-दम्ती सडक खण्डको बाग्दुला बजार क्षेत्रमा स्थानीयले हिलाम्मे सडकमा रोपाइँ गरेका छन । निर्माणधिन सडक हिलाम्मे भएपछि स्थानीयले सांकेतिक बिरोध स्वरुप रोपाइँ गरेका हुन । प्युठान मुख्य बजारिक केन्द्रमा हिलाम्मे सडक भैरहदा समेत सम्बन्धित पक्षले ध्यान नदिएको स्थानीय ब्यबसायी प्यार अलि खानले बताए । समयमै काम नभएको र वर्षात लागेपछि काम थाल्दा पैदल हिड्न समेत अप्ठ्यारो रहेको उनको भनाई छ । उक्त मोटरबाटो स्तरोन्नति गर्न सडक पुर्वाधार कार्यालय मार्फत ५ करोड ४१ लाख रुपियाँमा हाम्रो निर्माण सेवा सुर्खेतले ठेक्का लिएको हो ।

बहुवर्षिय आयोजनाको रुपमा रहेको उक्त सडकको काम पहिलो असार मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनी विविध कारणले यस आवमा काम सम्पन्न गर्न नसकिएको साइट इन्चार्ज तथा सडक पुर्वाधार कार्यालय प्युठानका इन्जिनियर लोकमान खडकाले जानकारी दिए । वर्षाले काममा समस्या भएकोले काम पूरा गर्न नसकिएको निर्माण ब्यवसायीले बताएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया