पाँचथर । जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । असार १९ गतेदेखि सुरु भएको २५ गते सम्पन्न हुने जनाइएको छ । उक्त सप्ताह कोशी प्रदेशस्तरीय ट्राफिक सप्ताह घोषित गरिएको हो ।
मंगलबार फिदिममा प्रभातफेरी पश्चात् अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । सप्ताह कार्यक्रमअन्तर्गत जिल्लाभर चालक, सहचालक, पैदल यात्रा हिँड्ने सर्वसाधारणलाई ट्राफिक नियम पालना तथा सचेतना दिइने रहेको जनाएको छ ।
राेड क्रस, चालक मापासे, लापसे चेकजाँच गरिने बताइएको छ । चालकलाई स्वास्थ्य परीक्षण, गरिनुका साथै ग्रामीण क्षेत्रका सवारी साधन तथा चालक, सहचालकलाई ट्राफिक नियमबारे सचेतना अभियान सञ्चालन हुने डिएसपी हरि खतिवडाले जानकारी दिए ।
सप्ताह कार्यक्रम प्रारम्भमा उद्योग वाणिज्य संघ, फिदिम माविका बालबालिका, सुरक्षा निकाय, जनप्रतिनिधिलगायत सरोकार वालाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया