बाढीले नावा खोलामा टिप्पर डुब्यो

पाँचथर । बाढीका कारण तमोर करिडोरअन्तर्गत नावा खोलामा मंगलबार बिहान टिप्पर डुबेको छ ।
धरानबाट पाँचथरको यासोकतर्फ आउँदै गरेको टिप्पर डुबेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मंगलबार बिहान नावाखोलामा अविरल वर्षाको कारण आएको बाढीले धरानबाट पाँचथरको यासोकतर्फ आउँदै गरेको बा १ क ५११२ नम्बरको टिप्पर खोलामा डुबेको हो ।

टिप्परको आधा भाग डुब्दा टिप्परमा रहेको २६ ड्रम डिजेल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खोलामा टिप्पर डुबे पनि मानविय क्षति नभएको पाँचथरका डिएसपी डिएसपी हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया