विश्वासकाे मत लिंदै काेशीका मुख्यमन्त्री कार्की [LIVE]

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन् । हिजोकै बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि सत्तारुढ दल नेकपा एमालेको आग्रहमा बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि १ मत कम छ । एक मत जुटाउने अन्तिम प्रयासका लागि उनले आजसम्मका लागि बैठक स्थगीत गर्न चाहेका थिए ।

प्रतिक्रिया