पाँचथर । मेची राजमार्ग हेवाखोला डाइभर्सनमा गएराति बाढी आउदा यातायात पुन अबरुद्ध भएको छ । उक्त हेवाखोलामा बुधबार अबेरसम्म डाइभर्सन निर्माण पछि यातायात सञ्चालन भएको थियो । गएराति परेको पानीको वहाव बढेसँगै यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
पुल बगाएको १० दिन पछि मंगलबारबाट यातायात सञ्चालन भएकाे थियाे । मंगलबार राति हेवा खोलामा बाढी आउदा डाइभर्सन बगाएर यातायात अबरुद्ध भएको थियो । सडक डिभिजन, सुरक्षा निकाय र स्थानीयको सक्रियतामा बुधबार साँझ पुनःडाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरीएकाे थियाे ।
प्रतिक्रिया