हेवाखोलाको डाइभर्सन बाढीले बगायो

पाँचथर । मेची राजमार्ग स्थित हेवा खोलामा बनाइएकाे डाइभर्सन बाढीले बगाएर यातायात अबरुद्ध भएको छ । खोलामा राखिएको ह्युमपाइप माथिबाट खाेला बगिरहेकाे छ । मङ्गलबार यातायात खुलेको पनि बाढीले डाइभर्सन बगाएपछि बाटो अबरुद्ध भएकाे पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

गत असार ३ गते आएको अबिरल बर्षाको कारण फिदिन नगरपालिका-४ र हिलिहाङ-७ लाई जोडने हेवाखोलाको पुल बगाएपछि सवारी साधनको आवागमन ठप्प भएको थियो ।

प्रतिक्रिया