रक्तश्राव भएकी सुत्केरीलाई थप उपचारको लागि सुर्खेत लगियो

रुकुम पूर्व । अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई उपचारका लागि बिहीबार दिउँसो सुर्खेत लगिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ५ हुकामकी ४० वर्षीया छाँया पुनलाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेत पठाइएको हो ।

गएराति रुकुम पूर्व अस्पताल रुकुमकोटमा पुनले शिशु जन्माएकी थिइन् । बच्चा जन्मेपछि रक्तश्राप सुरु भएको थियो । रक्तश्राप रोक्न रातिदेखि डक्टरहरुले धेरै प्रयास गरेका थिए ।

रुकुम पूर्व अस्पतालका प्रमुख दिपेन्द्रराज कोइरालाले भने, ‘सुरक्षितरुपमा बच्चा जन्मे पनि पूर्णरुपमा रगत रोकिएन, जिल्लामा उहाँको उपचार सम्भव नभएपछि सुर्खेत पठाएका हौँ, रक्तश्राप भएपनि उहाँ खतरामुक्त हुनुहुन्छ, बच्चाको अवस्था पनि सामान्य छ ।’

महिला, बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत रक्तश्राव भएकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । पुनलाई नेपालीको सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया