पर्सा । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा रहेको करिब सात बिगाहा जग्गामा फैलिएको पोखरीमा रहेका माछा मरेका छन् । धोबिनी गाउँपालिकाको चरम लापर्वाहीका कारण पोखरीमा माछा मरेर क्षति भएको नगमा माछा पालनका सञ्चालक एनुल मियाँले जानकारी दिए । धोबिनी गाउँपालिकाले आठ महिना देखि रोका राखि जेष्ट ३० गते पोखरीबाट माछा मार्ने र किस्ताको रकम दिने सर्तमा लिखित फुकुवा पत्र दिएपछी ठेकदार एनुल मियाँले असाढ एक गते धोबिनीमा रहेको माछा पोखरीमा जाल लगाएर माछा मार्ने गरिरहेका थिए । सोही बेला एकासी गाउँपालिकाको निमित प्रसाशकीय अधिकृत संजय यादव र वडा अध्यक्ष मनाउर मियाँको निर्देशनमा मातहतका कर्मचारी गाउँपालिका प्रहरी र वडाको कर्मचारीहरुले माछा पोखरीमा गई माछा मार्न रोकेर जालमा आएको माछा पनि पोखरीमा फाल्न लगाएपछि भोलिपल्ट लाखौं माछा मरेको भेटएिको सञ्चालक ।
उनको भोलि पल्ट शनिबार बिहान जादा साना ठुला गरि लाखौ मूल्यको माछाको मरेको पाइएको नगमा माछा पालनका सञ्चालक मियाँले बताए ।
पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले ईलाका प्रहरी कार्यालय लंगडीलाई जानकारी दिएपछी सो ठाउँमा प्रहरी र स्थानीय जनप्रतिनिधिहरु जादा करिब २५ लाख मूल्य बरारको माछा मृत अवस्थामा पोखरीभरी भेटिएको बताइएको छ । ठेकदार एनुल मियाँले सात बिगहामा रहेको माछा पोखरी ९९ लाख ३६ हजारमा पाँच वर्षको लागि ठेका लिएर माछा पालन गरेका थिए ।
पर्सा
प्रतिक्रिया