लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार प्रदेशसभा बैठकमा बजेट पेस गर्दै आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षका ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ विनियोजना गरिएको छ । यस्तै, स्थानीय तहका लागि वित्तीय हस्तान्तरणमार्फत् ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया