प्रथम उपाध्यक्ष गोल्डकप : सोरु फुटबल क्लबले जित्यो उपाधी

मुगु । सोरु गाउँपालिकाले आयोजना गरेको प्रथम उपाध्यक्ष फुटबल गोल्डकपको उपाधी सोरु फुटबल क्लबले हात पारेको छ । शुक्रबार खेलाइएको फाइनल खेलमा खेलको निर्धारित ६० मिनेटमा छायानाथ रारा नगरपालिका वडा न १ श्रीनगर गाउँको एवान स्र्पोटस क्लव र सोरु फुटबल टिमले गोल गर्न नसकेपछि भएको पेनाल्टी सुटमा सोरु फुटबल क्लबले एक गोल गर्दै जित निकालेको हो ।

बिजेता सोरु फुटबल क्लबलाई जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर शाहीले ट्रफ्री, प्रमाण पत्र र नगद १ लाख ११ हजार १ सय ११ रुपया पुरस्कार प्रदान गरे । उपविजेताको स्थान बनाएको ए वान युथ क्लवले प्रमाण पत्र सहित ६६ हजार ६ सय ६६ नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, तेस्रो स्थान लिन सफल भएको खत्याड गाउपालिकाको टाइगर फुटबल क्लबले पनि प्रमाण पत्र सहित ३३ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गरेको छ ।

सोरु फुटबल टिमका छक्क शाही उत्कृष्ट गोलकिपर र सोही टिमका सुवास शाही उत्कृष्ट डिफेन्डर घोषित भए ।

त्यसै गरि ए वान क्लबका निखिल तामाङ सर्वाधिक गोलकर्ता बने भने, सोरु फुटबल टिमका डिलेन्द्र शाहीलाई म्यान अफ टि म्याच घोषित गरियो ।

खेलाडीको संरक्षण र खेलकुदको विकास गर्न प्रथम उपाध्ययक्ष गोल्डकपको आयोजना गरिएको उपाध्यक्ष केशरबहादुर शाहीले बताए । जिल्ला मै पहिलो पटक पालिकाले आयोजना तथा सञ्चालन गरेको गोल्डकपले जिल्ला भरिका युवा तथा खेलप्रेमिमा उत्साह थपेको उनकाे भनाइ छ ।

खेलमा स्थानीयको सहभागीताले आगामी दिनमा पालिकालाई खेलकुद गर्न हौसला बढेको उपाध्यक्ष शाहिले बताए । विकास निर्माणको तीव्रतासँगै सोरु गाउँपालिकालाई खेलकुदको हव बनाउने पालिकोको योजना रहेको सोरु गाउपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

आगामी ४ बर्ष भित्र सोरुकोट पोग्रीमा अखिल नेपाल फुटबल संघको मान्यता प्राप्त खेलकुल मैदान निर्माण गरि खेलकुद क्षेत्रलाई माथि उकास्ने उनले बताए । उनले खेलकुदका लागि बजेट अभाव हुन नदिने बाचा समेत गरे ।

जेठ २० गते देखि सुरु भएको प्रथम उपाध्यक्ष गोल्डकपमा जिल्लाभरिका १७ वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो । सबै चरणका खेलमा तीन सय जना खेलाडी सहभागी भएको सोरु गाउँपालिकाले जनाएको छ । फुलबल खेलको निष्पक्षताका लागि गाउँपालिकाले एन्फाबाटै प्रशिक्षक (रेफ्री) झिकाएको थियो ।

प्रतिक्रिया