राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सकियो

काठमाडौं । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सकिएको छ ।

बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो ।

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा. महतले ‘आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।

सरकारले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट० प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया