प्रोमेटका सामाग्री बजारमा

काठमान्डौ । सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले ताइवानको ‘प्रोमेट’ बाण्डका सामाग्रीलाई नेपाल भित्राएको छ । सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य प्रविधिका उपकरणको बढ्दो मागलाई पुरा गर्दै आइरहेको छ । पुर्व देखि पश्चिमभर प्रवाभकारी वितरण संजाल भएको सेल्लुसिटीले अनलाइन माध्यमाबाट प्रोमेटका उपकरण वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको पनि जनाएको छ ।

प्राविधिक रुपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बाण्ड ‘प्रोमेट’ एक ताइवान बाण्ड हो । सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरु उपलब्ध गराउँदै प्रोमेटले हाल सम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल बनिसकेको छ । स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाच उत्पादन गर्दै आएको कम्पनीका सामानहरु गुणस्तरीय र टिकाउ हुने गरेका छन् ।

उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिक्तामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटीले प्रोमेटका सामाग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने पनि बताएको छ ।

प्रतिक्रिया