इ–सेवाबाट घर बीमा

काठमाडौ । इ सेवाले युएसआइडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु भएको कम्पनीले बताएको छ । अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन ।

यस योजना इ–सेवाको मोबाइल एपभित्र रहको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सक्नेछन । बीमा नीति अनुसार एक करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रूपैयाँसम्म भुक्तानी गर्नु पर्नेछ । बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इ–सेवमा एप मार्फत अपलोड गर्नु पर्नेछ । इ–सेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागू हुनेगरी इ–सेवा केयर सञ्चालनमा ल्याइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया