मेटलाइफद्वारा बीमा शुल्क भुक्तानीमा ई–म्यान्डेट प्रारम्भ

काठमाडौं । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँग सहकार्य गरी बीमा शुल्क भुक्तानीका लागि डिजिटल डिजिटल स्टान्डिङ इन्स्ट्रक्सन (ई–म्यान्डेट) प्रारम्भ गरेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नो प्रणालीलाई एकिकृत गरी सक्षम पार्ने गरी साझेदारी गरिएको हो । यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याएको हो । यस व्यवस्था सँगै, मेटलाइफ नेपालका ग्राहकले आफ्ना बीमा शुल्क भुक्तानीको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिंग निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन ।

यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सकिने छ । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पुरा हुनेछ ।

ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती,आवधिक प्रकृतिको भुक्तानीलाई प्राथमिकता दिनेछ । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकले निरन्तर रुपमा यसको फाइदा लिन सक्नेछन् । चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक बीचको सहकार्यको यो उत्कृष्ट उदाहरण भएको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया