प्रतिनिधि सभाको बैठक आज पनि, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ । बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९

पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित र पहिलो संविधान सभा सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ ।

प्रतिक्रिया