तरूण दल कालीकाेटकाे अध्यक्षमा शाही

कालीकाेट । नेपाल तरूण दल कालिकाेटकाे अध्यक्षमा दमनराज शाही चयन भएका छन् । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरूणदल कालीकोटकाे जिल्ला अध्यक्षमा युवा नेता दमनराज शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।

बिगत लामाे समयदेखि नयाँ नेतृत्व पाउनबाट बन्चित रहेकाे तरूणदलले पार्टीको केन्द्रीय सर्कुलर अाएपछि देशैभर नयाँ नेतृत्व चयन गर्ने कार्यमा तिब्रता दिएकाे छ । नेपाल तरुण दल कालीकाेटकाे सचिव पदमा बसेर काम गरिसकेका शाही यसपटक अध्यक्षमा चयन भएका छन् ।

तरूणदल कालीकाेटकाे अध्यक्षमा चयन भएपछि शाहीले तरुण दल कालीकाेटलाई थप ब्यवस्थित बनाउन र युवाहरुकाे सवालमा सँधैभरि अग्रसर हुने बताए । उनले पार्टीको नीति, नियम तथा भातृ संगठनकाे हितका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया