संसद अवरोध संसदीय अभ्यासकै पाटो हो : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन् । सोमबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरू एक ठाउँमा छलफल गर्ने थलो भएको बताए । उनले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताए ।

उनले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताइन् ।

प्रतिक्रिया