प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेकाे त्यही १५ वटा राँगा हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णरुपमा विफल भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै नयाँ काम नभएको बताएका हुन् ।

‘प्रधानमन्त्रीले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो’, उनले भने, ‘चढेर ल्याए पनि, हिँडाएर ल्याए पनि, डोर्‍याएर ल्याए पनि त्यही राँगा हो ।’ भन्सारमा संयुक्त जाँच चौकी, पेट्रोलियम पाइप लाइनसहितका परियोजना सबै पुरानाो भएको टिप्पणी गरे ।

‘अमलेखगञ्जको पेट्रोलियपम पाइपलाइन पुरानै परियोजना हो। कतिकति मिटर गर्दै गरेपछि शिलान्यास गर्नु हुन्छ ? ’, उनले भने, ‘यी सबै पहिले नै भएका सहमति हुन् । अहिले प्रधानमन्त्रीले ल्याएको भनेको त्यही राँगा हो ।’

प्रतिक्रिया