जो ५० वर्षदेखि एउटा हात उचाली रहेका छन् . . .

नयाँ दिल्ली । तपाईलाई आफ्नो बाल्यकालको दण्ड याद छ, हात उठाएर उभिएर शिक्षकले कसरी सजाय दिन्थ्ये । २–३ मिनेटपछि मात्रै राखे पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ ।

तर हामी तपाईंलाई यहाँ भारतका एक जोगीका बारेमा बताउँछौं, जसले आफ्नो हात हावामा केही घण्टा वा केही दिनका लागि होइन, पुरै ५० बर्ष अर्थात् आधा शताब्दीदेखि वर्षदेखि उचालेर राखिरहेका छन् ।

तस्बिरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाईंले कल्पना पनि गर्न सक्दैनौँ । हो, अमर भारतीले १९७३ देखि उचालेको आफ्नो दाहिने हात आज पनि हावामा उचालेका छन् ।

तस्विर हेरेर तपाईले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको के भयो ? यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छालाले ढाकेको हड्डी मात्र बाँकी भयो।

अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिशनको प्रतीकका रूपमा हेरिएको छ। कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।

भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन्। आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे ।

सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे । घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन्।

हालै भाईरल भइरहेको उनको तस्विर देखे पछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन्। कतिपयले अझै विश्वास गर्न नसकेको जनाईरहेका छन भने कसैले बाबा कसरी सुत्छन त ? भनेर सोधिरहेका छन । जे सुकै होस, उनी बिगत ५० वर्षदेखि आफ्ना हात उचालेर भगवान शिवमा लिन भइरहेका छन् ।

प्रतिक्रिया