‘राधा’ लाई तीन अवार्ड

काठमाडौं । सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’ ले फ्रान्सको कान्स सहरमा भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ का तीन विधामा अवार्ड पाएको छ । अमेरिकामा राधाको विशेष सोमा व्यस्त रहेका थापाले वेस्ट फिचर फिल्म, वेस्ट एक्ट्रेस र वेस्ट डाइरेक्टर अवार्ड हात पार्न सफल भएको जानकारी दिए । ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ लेखन, निर्देशन, अभिनय, फिल्म सेट डिजाइन, सम्पादन तथा छायांकनलगायत सात विधामा मनोनयनमा परेको थियो ।

उक्त फेस्टिभलमा विशेष गरी महिला चलचित्रकर्मी र महिला चरित्रलाई ‘प्लेटफर्म’ दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको फेस्टिभल हो । थापाको लेखनसमेत रहेको चलचित्रले महिलाको सहनशक्तिको चरित्रलाई वर्णन गरेको छ । यसअघि सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र नेपाल प्राविधिक सङ्घले जेठमा आयोजना गरेको नेफ्टा अवार्डमा समेत १० विधामा मनोनयनमा परेको थियो । नेफ्टामा फिल्म उत्कृष्टसँगै निर्देशक, अभिनेत्री, सहायक अभिनेता, रङ संयोजन, छायांकन, सम्पादन, लेखन, वेषभूषा तथा श्रृंगारलगायत १० विधामा मनोनयनमा परेको छ । नेफ्टा अवार्डको ग्राण्ड फिनाले आउँदो महिना जुलाईमा अमेरिकास्थित डालस सहरमा हुने भएको छ ।

राधा चलचित्र अस्ट्रेलियाको सफल सोपछि अहिले अमेरिकाका विभिन्न राज्यमा विशेष सो भइरहेको छ । निर्देशक थापा अहिले चलचित्रको सोका क्रममा अमेरिकामा छन् । अमेरिकापछि क्यानडामा समेत नेपाली चलचित्र द सेक्रट अफ राधा विशेष सो हुने निर्देशक थापाले जानकारी दिए ।

प्रतिक्रिया