डा खनालको कविताकृति ‘सन्देश’

काठमाडौं । डा दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ । ‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय विभूति र राजनीति लगायतका विषयमा लेखेको छ कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् ।

कविता पढेर पाठकले गर्मीयाममा नदीमा सललल बगिरहेको कञ्चनपानीमा डुबुल्की मारे झैँ महसुस गर्न सक्नेछन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ ।

युनिभर्सिटी अफ म्यानचेस्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन् ।

प्रतिक्रिया