तमोर नदीमा विपद् पूर्वतयारी कृतिम अभ्यास

पाँचथर । फिदिम नगरपालिका– ४ तमोर नदीमा शनिबार जिल्ला विपद् व्यवस्थापन समितिले विपद् हुनुपूर्व बच्न–बच्चाउन कृतिम अभ्यास गरेको छ ।

सो कृतिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयले विपद् पूर्वतयारीको अभ्यास गरेको हो । अभ्यासमा बाढीले बगाउँदै ल्याएको मानिसलाई उद्धार गरी उपचारमा पठाउने कार्य गरिएको थियो ।

बाढीले बगाउँदै ल्याएको मानिसलाई उद्धार गर्न सुरक्षा दक्ष टोली तयारीका साथ खटिएका थिए । उद्धार टोलीले उद्धारमा प्रयोग गरिने सामग्री समेतको सचेतना प्रस्तुत गरिएको थियो ।

तमोर नदीमा विपद् पूर्वतयारी कृतिम अभ्यास

प्रतिक्रिया