काफ्लेको आर्थिक चलखेलमा मापदण्ड नपुगेका मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई सम्बन्धन

लहान । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आर्थिक प्रलोभनमा परी मिर्चैया हेल्थ नर्सिङ क्याम्पस प्राली मिर्चैया सिराहालाई सम्बन्धन दिएको पाइएको छ ।

सीटीईभीटीको परिषद् बैठकले मिर्चैया हेल्थ नर्सिङ क्याम्पसलाई प्रभावमा पारी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।

स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका मिर्चैया हेल्थ नर्सिङ क्याम्पसका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो ।

नेपाल सरकार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गरी यस विषयमा मैन रहेको बुझिएको छ । यहाँसम्मकी मिर्चैया हेल्थ नर्सिङ क्याम्पस सञ्चालन गर्न स्वीकृत पाएका कलेजको सय बेडको आफ्नो अस्पताल समेत नरहेको बुझिएको छ ।

प्रतिक्रिया