कार्यक्रमस्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एक कार्यक्रमस्थलमै लडेका छन् । एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले मन्तव्य दिएर आफ्नो सिटतर्फ फर्किने क्रममा लडेका बीबीसीले जनाएकाे छ ।

ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विट गर्दै राष्ट्रपति बाइडेज ठिक रहेको रहेको र कुनै चोट नलागेको स्पष्ट पारेका छन् ।

बाइडेन यसअघि पनि पटक–पटक सार्वजसनिक कार्यक्रममा लडेका थिए । गत फेब्रुअरी २३ मा पोल्यान्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला लडेका थिए । २०२२ नोभेम्बर १६ मा जी–२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जंगलमा हिंड्नेक्रममा लडेका थिए ।

०२२ कै जुनमा लस एन्जलसमा एक टेलिभिजन अन्तर्वार्ताकहा लागि जाने क्रममा विमानको भर्‍याङमा ठोक्किएर लडेका थिए । ८० वर्षीय बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । बीबीसी

प्रतिक्रिया