आइएमई पे र निसर्ग अस्पताल सम्झौता

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा वमोजिम पाँच प्रतिशत देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । सो छुट एक वर्षका लागि लागु हुने बताइएको छ ।

प्रतिक्रिया