अब आईएमई पे काे नयाँ अफर ‘रु १४ मा आइफोन १४’

काठमाडौं । ‘आईएमई पे’ ले आईफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० अर्थात डेढ महिना सम्म चल्ने छ ।

सो अफरमा ग्राहकले आईएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन्। यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन् ।

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ ।

प्रतिक्रिया