मुगु सधैँ उपेक्षामा, मुगुलाई संघीय बजेटले छोएन

मुगु । सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको संघीय सरकारको बजेटबारे प्रतिक्रिया दिँदै मुगालीहरुले आफ्नो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको बताएका छन् ।

९५ पृष्ठ लामो बजेट संघीय बजेट प्रस्तुत गरिरहँदा विकट हिमालीको विकासबारे कुनै पनि क्षेत्र उल्लेख नगरेका तथा मुगु जिल्ला भन्ने नामसम्म कतै उल्लेख नभएको भन्दै बजेट तथा सरकारप्रति आक्रोस व्यक्त गर्दै व्यांग्यात्क संज्ञामा प्रस्तुत बजेटललाई आफ्ना लागि कागलाई वबल पाक्यो हर्ष न विस्मात जस्तै भएको बताएका हुन् ।

बजेटमा दुर्गम, पिछडिएको र पहुँचमा नभएका जिल्लाहरुलाई वास्ता नगरिएको प्रष्ट देखिएको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल बताउँछन् । उनी भन्छन्, ‘७७ जिल्लामध्य सत्ता, शक्ति र सदनमा टेबुल ठटाउनेहरुका जिल्लाहरुमा गौरवका योजनाका साथै अर्बौँ बजेट उल्लेख गरिएको छ, तर त्यही बजेटमा कुनै जिल्लाको नामसमेत उल्लेख गरिएको छैन, मुगु जिल्लालगायत साविकको कर्णाली अञ्चल जोड्ने काल मार्गले परिचित कर्णाली राजमार्गलगायत नाग्म—गमगढी सडक खण्ड, नाग्म—खलंगा सडकबारे प्रयाप्त बजेट विनियोजन गरि एसियाली मापदण्डमा सडक बनाइयो, योजना आउनुपर्नेमा वर्षाको पानीले पुर्याएको क्षतिमा स्तरोन्नती गरिनेछ मात्र भनिएको छ, भने मुगुका धार्मिक, पर्यटकिय क्षेत्रबारे मौन रहेको पाइन्छ ।’

‘मुगु जिल्ला सदरमुकामबाट चिनको सीमाना नाग्चे लाग्ना जोडने नाका खोल्न सुरु भएको १७ वर्ष भयो प्रत्यक वर्ष १ किमी मात्र सडक खोलिँदै आएको छ, न्यून बजेट र सरकारको प्राथमिकतामा कहिल्यै नपर्दा सडक कहिले सम्पन्न हुने हो पत्तो छैन’, उनले भने, ‘यो पटकको सरकारले यो सडक राष्ट्रिय गौरवको योजनामा राखी बजेट विनियोज गर्दा सोचेका थियो तर सडकको स सम्म उल्लेख गरेको देखिएन ।’

अन्य जिल्लामा करोडौँ, खरबका योजना कार्यक्रम उल्लेख भइरहँदा मुगु जिल्लाबारे कतै उल्लेख नहुनुले भाग्यले ठगेको महसुस भएको निवर्तमान कर्णाली प्रदेशका सांसद दानसिंह परियारले बताए । ‘मुगुमा देश कै ठूलो तथा गहिरो ताल रारा छ, हिन्दु र र्बौद्ध धर्मालम्विहरुको आस्थाको केन्द्र छायाँ क्षेत्र (छायाँनाथ) छ, सयौँ बहुमूल्य जडिबुटी पाईन्छ, दर्जनाैँ गुनाम ताल तलैया तथा पाटनहरु, मठ–मन्दिर, गुम्बा छन् ।

तिनीहरुको प्रचारप्रसार र विकासबारे चुइक्क बोलिएको छैन । गमगढ—रारा, गमगढी—रारा विमानस्थल, गमगढी—रारा—खत्याड, गमगढी—दोमुख सडक बनाउन सरकारले बजेट ल्याउनुपर्थ्यो । तर, बजेटमा समेटिएन यहाँ पाइने जडिबुटी, स्याउ, कागती, आलु, सिमी, कोदो फापर, काउनो र मार्षि धानबारे बजेटले समेटी कार्यक्रम आएको भए मुगुको अर्थतन्त्र मात्र नभएर देशकै अर्थतन्त्रमा सहयोग पुग्थ्यो, तर त्यसो भएन’, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा भन्छन् ।’

रारामा भौतिक पूर्वाधारको र रारा पुग्ने सडकहरु नाग्म—गमगढी सडक, झुगेला—रारा र दोमुख—गमगढी—रारा सडक गरिदिए रारा राज्यको आम्दानी स्रोत बन्न सक्यो भने कर्णाली सधैँ माग्ने प्रदेश हुने थिएन’, उनले भने ।

९५ पृष्ठको बजेट वक्तव्य २ घण्टा लगाएर आफूले पढिरहँदा मुगुको विकासबारे कुनै योजना, आयोजना र कार्यक्रम बजेट र मुगु जिल्लासम्म उल्लेख नभएको देख्दा नेपालको बजेट पढिरहेको हो की कतै अन्य देशको जस्तो आभास भएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

उनले भने, ‘देशमा माओवादी नेतृत्वको सरकार छ, गणतन्त्र, समावेशी र संघीय व्यवस्था आफूहरुको आन्दोलनको जगले आएको भनेर घाँटीको नशा फुट्ने गरी माओवादी नेताहरुले जिकिर गरिरहँदा उस्कै नेतृत्वको सरकारले ल्याएको बजेटमा सौतेनी व्यवहार भएको दुर्गमका नागरिकले महसुस गरिरहँदा सबै प्रष्ट भएको छ ।’

उनले तीनै तहका सरकारहरुको बजेट अधिवेशन भइरहँदा तथा आइरहँदा मुगालीहरुले संघीय सरकारबाट मुख्य गरी कर्णाली राजमार्ग सडक मापदण्डमा निमार्ण, गमगढी नाक्चेलाग्ना चिनसँग जोड्ने सडक निर्माण रारा क्षेत्रको विकास, छायाँनाथ, खेस्मालिका, थार्प मष्टोको धार्मिक विकास, जुम्लामा रहेका संघीय कार्यालयहरु मुगुमै स्थापना गर्ने, मुगु कर्णालीबाट विद्युत उत्पादन आयोजना, पर्यटकिय, जैविक विवधता, धार्मिक र जडिबुटी, फलफूल खेती तथा बजारीकरणबारे सम्बोधन हन्छ की भनी आफूले अपेक्षा गरेको तर त्यसो नभएको उनले बताए ।

प्रतिक्रिया