वाग्मती प्रदेशमा गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं । वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौँ दिनपछि वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

मन्त्रालयले घटाएको भाडा दर बिहीबार नै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने वित्तिकै रु २० भाडा तिर्दै आइरहेका छन् ।

हेर्नुहोस् भाडादर :

प्रतिक्रिया