यार्सा संकलकबाट सात लाख भन्दा बढी राजस्व संकलन

साईपाल गाँउपालिकाले राजस्व संकलनका लागी खटाइएका स्वयमसेवकहरु

बझाङ । जिल्लाको साईपाल गाँउपालिकाले यार्सागुम्वा संकलकहरुबाट सात लाख भन्दा बढी राजस्व सँङ्कलन गरेको छ । बझाङ जिल्लाको साईपाल गाँउपालिकाले विस दिनको अवधिमा सात लाख नौ हजार रुपैया भन्दा वढी राजस्व संकलन गरेको हो ।

साईपाल गाँउपालिकाका स्थानीय तथा यार्सागुम्वा कर संकलक दिपक बोहराका अनुसार वैसाख १० गते देखी वैसाख ३१ गते सम्म गाँउपालिका यार्सा पाटनहरुमा यार्सागुम्वा खोज्न गर्न गएका ७५२ जनाबाट उक्त कर संकलन गरएिको हो ।

साईपाल गाँउपालिका भित्र यार्सा संकलन गर्न जानेहरुवाट वर्षेनी राजस्व संकलन गर्दै आएको छ । यो वर्ष यार्सा संकलकहरुबाट पालिका भित्रकालाई पाँच सय र छिमेकी पालिका तल्कोट गाँउपालिका र सुर्मा गाँउपालिकाका स्थान्ीयलाई एक हजार र जिल्लाका नौ पालिकाहरुबाट आएकालाई एक हजार पाँच सय शुल्क तोकिएको थियो । त्यस्तै,
सुदुरपश्चिम प्रदेशका जिल्लाबाट आएकालाई दुई हजार पाँचसय र प्रदेश बाहिरबाट आएकालाई तिन हजार रुपैयाँ तोकिएको थियो ।

बझाङ जिल्लाको उत्तरी भेगमा रहेका पालिका साईपाल गाँउपालिका, सुर्मा गाँउपालिका, छविसपाथीभेरा गाउँपालिका, तल्कोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांस विद्यालयका विद्यार्थी यार्सा खोज्न हिमालतीर जाने गरेका छन् ।


बझाङ जिल्लाको उत्तरी भेगका विद्यालयहरु यार्सा संकलनको समयमा एक महिनामा सम्म बन्द हुने गरेका छन् । जिल्लाको साईपाल, सुर्मा, तलकोट, मस्टा गाँउपालिका र बुंगल नगरपालिकाका अधिकांस बालबालिकाहरु अभिभावकसँगै यार्सा सङ्कलन गर्न हिमालतिर जाने भएका कारण विध्यालय बन्द हुने गरेका छन् ।

अधिकांश विद्यार्थीहरु लेकतिर हिंडेपछि विद्यालयहरु बन्द गर्नुपरेको धलौन माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक झलक धामीले बताए।

प्रतिक्रिया