काभ्रे । दोस्रो जनआन्दोलन ०६२/६३ का घाइते जिउँदो शहिद मुकेश कायस्थको निधन भएको छ । मुकेशको स्वास्थ्य अवस्थामा केही दिन अघिदेखि खराब हुँदै आएको र उनलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार गराईरहेको र बुधबार राती १० बजे उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मुकेश केही समय अघि बोल्न खोज्ने गरेपनि केही शब्द र प्रष्ट भाव व्यक्त नगर्दै १८ बर्ष लामो अर्धचेतको अबस्थामा नै उनको मृत्यु भएको छ ।
२०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोरा को रुपमा जन्मिएका मुकेश कायस्थ । २०६२/०६३को १९ दिने जनआन्दोलनको क्रममा २०६२ साल २६ गते पोखरामा नाला घर भएका ३६ बर्षिय भिमसेन दाहालको गोली लागी मृत्यु भएको थियो । उही सहिद दाहाललाई सहिद घोषणाको माग गर्दै २७ गते बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो । गोली लागेको १८ बर्ष बित्दा पनि मुकेश अर्धचेत थिए । उनको हेरचाहा परिवार आफैँले गर्दै आएको थिए ।
मुकेश कायस्थको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा राखेर श्रद्धाञ्जली दिइने बताइएको छ ।
प्रतिक्रिया