‘समयले जुरायो’मा अभिनेता श्रीदेव र अभिनेत्री अनुको जोडी

काठमाडौं । गायक शिव परियार र गायिका मिना नेपालीको युगल आवाज रहेको ‘समयले जुरायो’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतमा प्रमोद भट्टराई (प्रतीक) को शब्द रहेको छ भने सञ्चारकर्मी तथा कलाकार सरोज कोइरालाले संगीत भरेका हुन् । त्यस भिडियो अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनु शाहको जाडीले अभिनय गरेका छन् ।

त्यस्तै, नवल नेपालले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ । उक्त भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

माया र प्रेमका भाव ओतपोतले भरिएको गीतमा अभिनयमा पनि सोही अनुरुप आफूहरु भिडियोमा दृष्टित भएको अभिनेता भट्टराईले बताए । प्रेमी र प्रेमिकाप्रतिको भावनामा रहेका बेला समयले जुराए अनुसार गीतको भिडियोमा देखाउने प्रयास गरिएको उनको भनाइ छ ।

एक मात्र अभिनेता भट्टराईले देश तथा विदेशका प्रतिष्ठित अवार्डहरु हात पारिसकेका छन् । यसभन्दा अघि पनि कैयौँ गीतको भिडियो र चलचित्रमा अभिनय गरिसकेका भट्टराईले आगामी दिनमा पनि केही चलचित्र प्रदर्शनको तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया