बझाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहले बझाङ जिल्लामा कोल्ड स्टोर निर्माणका लागि आउने बजेटमा बजेट विनियोजन गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा कार्यालय प्रमुखहरूसँगको कार्यालयमा भएको प्रगति र कर्मचारीहरूसँगको निर्देशन तथा समीक्षा कार्यक्रममा बोेल्दै सो कुरा बताएका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री साहले बझाङ जिल्लामा आलु उत्पादनका लागि उर्वरभूमि भएकाले यो आर्थिक वर्षमा नै कोल्ड स्टोर निर्माणका लागी बजेटमा छुट्याउने र कोल्ड स्टोर निर्माण भइसकेपछि यस जिल्लाका किसानहरूले प्रत्यक्ष रूपमा लाभ भए मात्र बजेटको सदुपयोग हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बझाङ जिल्ला आलु उत्पादनका हिसाबले पुरै सुदूरपश्चिमलाई नै पुग्ने भएकाले बझाङ जिल्लामा विभिन्न पालिकामा आलुको लागि कोल्ड स्टोर निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खड्क बहादुर बोहराले आप्नो कार्यालयमा कर्मचारीहरूको अभाव भएका कारण कामकाज प्रभावित भएको हँुदा कर्मचारी थप गरी प्रभावकारी सेवा दिन सकिने बताए ।
त्यस्तै सिँचाइ डिभिजन कार्यालय बझाङका कार्यालय प्रमुख नवराज जोशीले प्रदेश सरकार र केन्द्र सरकारवाट आएका योजना लगभग ६÷सात सयको हाराहारीमा भएको र ६ जना कर्मचारी मात्र काम चलाएको र यसबारे प्रदेश सभाका सभामुखसमक्ष दुईपटक जानकारी गराएको भएता पनि कुनै सुनुवाई नभएको बताए ।
फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री साहले आफूले कर्मचारीहरूमाथि दलीय नजरले कहिले पनि नहेर्ने र सुदूरपश्चिम प्रदेशभरीका जिल्लाहरूमा कर्मचारीहरूको अभाव भएकाले प्रदेश सरकार लोक सेवा आयोगलाई सक्रिय जनाई पदपूर्तिका लागि पहल चालेको र कार्यालयमा भएका विभिन्न समस्या र चुनौतीहरूसँग लड्दै जुट्दै अगाडि बढ्नुपर्ने र आफुसँग भएका सहकर्मी सहयात्रीहरूसँग हातेमालो गरी आमनागरिकहरूको काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लामा खानेपानी, सडक लगायतका कामहरू अर्कै जिल्लाबाट काम सञ्चालन हुने भएको हँुदा भुक्तानीका लागि यहाँका नागरीकहरूलाई समस्या हुने र ती कार्यालयहरूलाई यथाशीघ्र बझाङ जिल्लामा ल्याई सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रमा जिल्लाभर रहेका कार्यालयका कार्यालय प्रमुखहरूले आआप्mनो कार्यालयको भौतिक प्रगतिको बारेमा आफ्ना कुराहरू राखेका थिए ।
बझाङ
प्रतिक्रिया