इसेवाको नयाँ अफर 

काठमाडौं । इसेवाले एकमा ४ अफर ल्याएको छ । इसेवाले १ भन्दा कममा चारजना आफन्त र साथीभाईको पूर्ण हेल्थ केयर खरिद गर्न सकिने अफर ल्याएको हो । यस अफर अन्तर्गत दैनिक १ भन्दा कम रूपैयाँमा आफुसहित अन्य चार जना आफन्त तथा साथीभाईको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सक्नेछन् । 


यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । यस्मा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक १ भन्दा कम अर्थात वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ ।

यसैगरि आफुसहित साथीभाईलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा ल्याएको हो । 

प्रतिक्रिया