शिक्षा र स्वास्थ्यमा सुधार मेरो पहिलो प्राथमिकता : अध्यक्ष चौहान

पर्सा । पर्साको धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार प्रहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
धोबिनी गाउँपालिका वडा नं ४ स्वास्थ्य चौकी लंगडीमा आयोजित एक कार्यक्रममा बोल्दै चौहानले यस्तो बताएका हुन् ।

सो कार्यक्रममार्फत जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन गरिएको थियो । अध्यक्ष चौहानले स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताए । अध्यक्ष चौहानले स्वास्थ्य प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए ।

गाउँपालिकाका बासिन्दाहरुले अब वीरगन्ज र पोखरिया सरहको उपचार सेवा गाउँमै लिन सक्ने उनले बताए । जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछी सुगर, टाईफाईड, ल्याब टेस्टको साथै अल्ट्रासाउन्ड लगायत ५४ किसिमका चेकजाच हुने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाको स्वास्थय शाखा प्रमुख सन्जय यादव, स्वास्थ्य शाखा सहायक प्रमुख मन्नु पटेल, स्वास्थ्य चौकी लंगडीकी नथुनी यादव, ल्याब असिस्टेन्ट भुलेन्द्र यादव, सन्जय पटेल, रिना पास्वानलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया