जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन् । जनकपुरधाममा शुक्रबार समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुक आर्थिक सङ्कटसँग गुज्रिरहेको बेला प्रचण्ड नेतृत्वको सरकारले गरेको यो निर्णय गलत रहेको बताए ।
उनले आफूलाई धेरै कुरा थाहा नरहेको बताउँदै यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताए । त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत छलफल भइरहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन बचाउन मोर्चा गरिने बताए । उनले अव ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया