बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा

कालिकोट । तिलागुफा नगरपालिका–१० रानाबाडाका ७० वर्षीय वृद्ध खाम्मा राना बलात्कारको आरोपमा हिरासतमा परेका छन् ।

वडा नम्बर १० को रानाबाडामा खाम्मा रानाले १५ वर्षीया बालिका नाम परिवर्तन (उषा) लाई जवरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । १५ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका पारेर ७० वर्षका वृद्धले बलात्कार गरेको आरोप लागेको छ ।

सुस्त मनस्थितकी बालिकालाई खाम्मा रानाले २०७९ फागुन १० गते दिउँसो जवरजस्ती करणी गरेको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुबराज बमका अनुसार मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया