प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड

कालिकोट । प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी गर्नुपर्नेमा जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन् । स्थानीय तहमा तर्जुमा गरिने वार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्नतिर मद्दत पुर्याउनुपर्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

सदमुकाम मान्ममा स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला सोमबार सुरु भएको थियो । उक्त कार्यशालामा बोल्दै खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादर शाहीले बालवालिकाको क्षेत्रमा लगानी गर्न नगरपालिकाले विभिन्न प्रयासहरु गरिहेको बताए ।

विशेष गरी प्रारम्भिक बालविकासका लागि नगरपालिकाले दातृ निकायको सहयोग र नगरपालिकाको समन्वय तथा सहयोगमा कुनै कमी नहुने उनले बताए । खाँडाचक्र नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष, वडा सचिव, नगरप्रमुख तथा उपप्रमुख, सम्बन्धित शाखाका प्रमुखहरुलाई स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशालामा सहभागी गराइएको छ ।

युनिसेफको आर्थिक सहयोग, खाँडाचक्र नगरपालिकाको आयोजना तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सहजिकरणमा कार्यशाला भएको हो । कार्यशालामा प्रशिक्षक रमा थपलिया र पदमसुन्दर लिम्बुले एकीकृत सर्वाङ्गीण प्रारम्भिक बालविकासको परिचय, महत्व तथा पक्षहरुको बारेमा कार्यशालामा प्रशिक्षण गर्नेछन् ।

८ वर्ष मुनिका बालवालिकामा केन्द्रित चालु वर्षको कार्यक्रम, लगानी बजेट तथा चुनौती विश्लेषण र आगामी कार्यक्रम र बजेटको योजनाबारे जनप्रतिनिधि तथा सम्बन्धित शाखाले प्रष्ट पार्नेछन् । स्थानीय तहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा जानकारी गराउने कार्यशालाको मुख्य उद्देश्श्य ररहेको छ ।

प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय, पक्षबाट भएका कार्यहरु एकीकृत गर्नु यस कार्यशालाको उद्देश्य रहेको बालविकास संयोजक अधिकृत मिसिरा शाहीले बताइन् । प्रारम्भिक बाल्यावस्थाका बालवालिकाको सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहको भूमिका प्रवद्र्धन गर्ने उद्येश्य समेत रहेको संयोजक शाहीले बताइन् ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीको अध्यक्षता, नगर उपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, प्रहरी प्रमुख जयश्वर रिमालको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जसिप्रसाद चौलागाँई लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक बलिराज शाहीले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया