पाँचथर । जिल्लाको फालेलुङ गाँउपालिका ३ थकेपुङमा आगलागी हुँदा तीन घर जलेर खरानी भएका छन् । आईतबार दिउँसो भएको आगलागीबाट महेन्द्र मादेन, कृष्ण मादेन र मनबहादुर मादेनको घर जलेर खरानी भएको हो । महेन्द्रको घरबाट सुरु भएको आगलागीले उनका दाजुहरु कृष्ण र मनबहादुरको घर समेत खरानी बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए । आगलागिबाट ५४ लाख ३० हजार बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट महेन्द्रको २२ लाख ७५ हजार, कृष्णको ३१ लाख पाँच हजार र मनबहादुरको ५० हजार मूल्य बराबरको घरसहित धनमान जलेर खरानी भएको अनुमान गरिएको छ । डिएसपी हरि खतिवडा का अनुसार दिउँसो २ बजेबाट सुरु भएको आगलागी नियन्त्रणकालागि इलाका प्रहरी कार्यालय मेमेङका प्रहरी नायब निरीक्षक बेदबहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटेको जानकारी दिएको हो । प्रहरी र स्थानीयले दिनको तीन बजे आगो नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया