सञ्चारकर्मी विसीको देउडा गीत ‘साई बाज’बजारमा

बैतडी । मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ । विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक संगम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ ।

दीपक संगम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै संगीत भरेक छन् भने एरेन्ज र मिक्सिङको काम पनि दीपक संगमले नै गरेका छन् ।

निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गर्नुभएको यास गीतिभिडियोमा गायक संगम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ ।

विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताए । रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत उनले दर्जनौँ कविता, गजल र मुक्तक पनि लेखिसकेका छन् ।

प्रतिक्रिया