बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार हाल उद्धार जारी छ । दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया